विनम्र अनुरोध

नमस्ते एवं हार्दिक अभिवादन,

विमल फार्मेसीको तर्फबाट समस्त आदरणीय ग्राहक तथा बिरामी महानुभावहरूमा सुस्वास्थ्यको कामना गर्दछौं।

बिरामीको कठिन समयमा औषधीको अभाव नहोस् भन्ने उद्देश्यले हामीले मानवीय नाताले उधारो (Credit) मा औषधीहरू उपलब्ध गराउँदै आएका थियौं।

बिरामी निको भएर घर फर्किसक्नुभएपछि पनि धेरैजसो महानुभावहरूले लामो समयसम्म बाँकी बक्यौता रकम भुक्तानी गर्नुभएको छैन। औषधीको नयाँ स्टक राख्न र सेवालाई निरन्तरता दिन हामीलाई अहिले अत्यन्तै कठिनाइ भइरहेको छ।

आफ्नो नैतिकतालाई आत्मसात गर्दै, तपाईंको नाममा रहेको बाँकी बक्यौता रकम यथाशिघ्र चुक्ता गरिदिनुहुन हामी विनम्र हार्दिक अनुरोध गर्दछौं।

QR Code स्क्यान गरी भुक्तानी गर्नुहोस्

ईसेवा (eSewa) / फोनपे (Fonepay) / बैंक ट्रान्सफर

विमल फार्मेसी भुक्तानी QR

विमल फार्मेसी (BIMAL PHARMACY)

सम्पर्क: ०५६-५९३२८८ / ९८५५०६५३२७

इमेल: [email protected]